सन् १८३७ मा आजकै दिन : भिक्टोरियाको गद्दी आरोहण 

असार ६, २०८१

कान्तिपुर संवाददाता

On this day in 1837: Victoria's accession to the throne

काठमाडौँ — सन् १८३७ मा आजकै दिन (जुन २०) मा एलेक्जेन्ड्रिया भिक्टोरिया बेलायती महारानी बनेकी थिइन् । १८१९ मे २४ मा जन्मिएकी भिक्टोरियाले १८ वर्षको उमेरमा गद्दी आरोहण गरेकी थिइन् । 

भिक्टोरियाले बेलायतमा ६३ वर्ष २ सय १६ दिन शासन गरिन् । उनको शासनकाललाई ‘भिक्टोरिया युग’ भनिन्छ । भिक्टोरिया युगमा बेलायतमा औद्योगिक, राजनीतिक, वैज्ञानिक तथा सैन्य क्षेत्रमा व्यापक परिवर्तनहरू भएका थिए ।

त्यसका साथै, बेलायती साम्राज्य सबैभन्दा बढी विस्तार भएको थियो । भिक्टोरिया युगमा भारत, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका गरी विश्वको करिब २० प्रतिशत भूभाग बेलायतअन्तर्गत थियो ।

भिक्टोरियाले १९४० मा राजकुमार अल्बर्टसँग विवाह गरेकी थिइन् । १९६१ मा अल्बर्टको मृत्युपछि गहिरो शोकमा परेकी भिक्टोरिया केही समय सार्वजनिक कार्यक्रममा समेत देखिन छाडेकी थिइन् । तर पछि उनी राजकाजमा सक्रिय भएकी थिइन् । संवैधानिक राजसंस्थाकी प्रमुख भए पनि उनले मन्त्रिपरिषद्का नियुक्ति तथा महत्त्वपूर्ण सरकारी नीतिलाई प्रभावित पार्ने क्षमता राख्थिन् । क्टोरियाको १९०१ जनवरी २२ मा ८१ वर्षको उमेरमा निधन भएको हो । उनको मृत्युपछि बेलायतमा एडवार्ड सातौं राजा भएका थिए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully