कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

टाइमआउट बास्केटबल उपाधि

काठमाडौँ — टाइमआउट नेपालले लोयल्टी कप एसईई थ्री एक्स थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक लोयल्टी एकेडेमीको कोर्टमा शनिबार फाइनलमा टाइमआउटले मनास्लुलाई १८–१७ स्कोरले पराजित गर्‍यो ।

टाइमआउट बास्केटबल उपाधि

विजेताका आशिष थापा मगरले १०, लक्की महर्जनले ४, साइरस थापा मगरले ३ र अनिशसिंह धामीले १ स्कोर गरे । टाइमआउटले २० हजार र मनास्लुले १० हजार रुपैयाँ पुरस्कार पाए ।

टाइमआउट शनिबारै एन्ड वान र सेल्फ मेडलाई हराएर फाइनल पुगेको थियो । टाइमआउटका आशिष मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।


प्रकाशित : असार ८, २०८१ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×