कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ढाकामा बुद्धवीर र धर्मलाई दौडको स्वर्ण

काठमाडौँ — नेपालका भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

ढाकामा बुद्धवीर र धर्मलाई दौडको स्वर्ण

बंगलादेशको ढाकामा भइरहेको प्रतियोगितामा बिहीबार ६५ वर्षमाथिको ५ हजार मिटर दौडमा बुद्धवीरले स्वर्ण जिते । गीतकार समेत रहेका उनले निर्धारित दूरी २२ मिनेट ०३ सेकेन्डमा पूरा गरे । सोही दूरीको ५० वर्षमाथि धर्मले १७ मिनेट ८ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जिते । धर्मले प्रतिस्पर्धा गरेको विधामा नेपालकै रेवत दाहाल दोस्रो भए । उनले १७ मिनेट ५० सेकेन्ड दूरी पार गरे ।

नेपालले थप १ कांस्य पनि जित्यो । ५५ वर्षमाथि ५ हजार मिटर दौडमा दीपककुमार रञ्जितले कांस्य जिते । उनले निर्धारित दूरी २० मिनेट १९ सेकेन्डमा तय गरे ।

प्रतियोगितामा नेपालबाट ६ खेलाडी सहभागी छन् । पुष्पलाल श्रेष्ठले ६५ वर्षमाथि १० हजार मिटर दौड तथा लाक्पा शेर्पा लामाले ४० वर्षमाथि १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । उक्त दौड शनिबार हुने टोलीका नेता बुद्धवीरले जनाएका छन् । शनिबारै धर्मले १० हजार मिटर दौडमा पनि प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित : असार १३, २०८१ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×