कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गुल्मीमा ट्र्याक्टर दुर्घटना, बालकको मृत्यु, २ जना घाइते

गुल्मी — गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ । रेसुंगा नगरपालिका ४ राँगेढुंगामा लु ४ त २४६५ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा मालिका गाउँपालिका २ दर्लिङका बालक शिव बिकको मृत्यु भएको हो ।

दुर्घटनामा चालक धुर्को गाउँपालिका ५ बस्तुका २६ वर्षीय दिपक गोतामे र बागलुङ बडिगाड गाउँपालिका घर भई रेसुंगा नगरपालिका ९ बस्ने १९ वर्षीय राजकुमार बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी शंकर पोखरेलले बताए । चालक गोतामेको अवस्था गम्भिर रहेको गुल्मी अस्पतालले जनाएको छ । दुवैजनालाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ ।

घाइते राजकुमार र मृतक शिव नातेदार रहेको र उनीहरु घुम्न ट्र्याक्टरमा गएको आफन्तले बताएका छन् । शिव तीनदिन अघिमात्रै आफन्त राजकुमारकहाँ आएका थिए । छल्दीबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको ट्र्याक्टर सडकबाट करिब ६०/७० मिटर तल खसेको छ ।

स्थानीयले टिपरको ठक्कर दिएको बताए पनि प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित : असार १३, २०८१ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×