कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एसईई : नन्दनगर गुरुकुलमको शतप्रतिशत नतिजा, १२ जनाको ए ग्रेड

मनोज पौडेल

कपिलवस्तु — बाणगंगा नगरपालिका–२ नन्दनगरस्थित मनकामना संस्कृत विद्यापीठ गुरुकुलमले एसईईमा शतप्रतिशत नतिजा हासिल गरेको छ ।

एसईई : नन्दनगर गुरुकुलमको शतप्रतिशत नतिजा, १२ जनाको ए ग्रेड

एसईईमा सहभागी १९ विद्यार्थीमध्ये १२ जनाले ‘ए’ ग्रेड र ७ जनाले ‘बी प्लस’ ल्याएको गुरुकुलमका शिक्षक युवराज बेल्वासेले बताए । गुरुकुलमले लगातार तेस्रो वर्ष शतप्रतिशत नतिजा ल्याएको हो ।

२०७९ मा ६ र ०७८ मा ७ जनाले एसईई उत्तीर्ण गरेका थिए । यहाँ कक्षा १० मा नेपाली, गणित र अंग्रेजी विषयसहित संस्कृत व्याकरण, संस्कृत भाषा र कर्मकाण्ड अध्यापन गराइन्छ । धादिङ, कैलाली, पश्चिम नवलपरासी, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तुका विद्यार्थी यहाँ अध्ययनरत रहेको प्रधानाध्यापक प्राचार्य कृष्णप्रसाद पोखरेलले बताए ।

एसईई उत्तीर्ण १९ जनानै कक्षा ११ मा यही पढ्ने प्रअ पोखरेलले बताए । ‘यसले कर्मकाण्ड र गुरुकुल शिक्षाप्रति विद्यार्थीको उत्तिकै आकर्षण छ भन्ने देखाएको छ,’ उनले भने, ‘हामी कहाँ पढ्न नेपालभरिबाट आउँछन् ।’

आवासीय सुविधामा पढाइ हुने यो विद्यालयमा कक्षा ११ मा २० जना पढाउने क्षमता छ । चाप बढ्दा परीक्षा लिएर भर्ना गरिँदै आएको छ । कक्षा ११ र १२ मा ज्योतिष विषय पढाइन्छ । हस्त रेखा, चिना बनाउने र ज्योतिष व्याकरणजस्ता कुरा कक्षा ४ देखि नै सिकाइने गरिन्छ । आफूलाई गुरुकुल शिक्षा पढ्ने विचारले ११ मा भर्ना हुन आएको अर्घाखाँचीका गणेश बेल्वासेले बताए ।

प्रकाशित : असार १५, २०८१ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×