कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेपाल–स्पेन आईसीटी र हाइड्रोजन टेक्नोलोजीमा सहकार्यको लागि भेला  

काठमाडौँ — स्पेनस्थित नेपाली दूतावासले बुधबार ‘आईसीटी परामर्श र हाइड्रोजन टेक्नोलोजीः नेपाल र स्पेन बीचको सहयोगका लागि उत्प्रेरक’ शीर्षकमा एक विशिष्ट भेला आयोजना गर्‍यो । यो कार्यक्रम स्पेनको राजधानी म्याड्रिडमा भएको थियो । जहाँ ५० भन्दा बढी अग्रणी हरित ऊर्जा, हाइड्रोजन उत्पादन र प्रविधि कम्पनीहरूका प्रतिनिधिहरु उपस्थित रहेका थिए । 

नेपाल–स्पेन आईसीटी र हाइड्रोजन टेक्नोलोजीमा सहकार्यको लागि भेला  

कार्यक्रमले प्रचूर मात्रामा नवीकरणीय ऊर्जा स्रोतको सदुपयोग गर्दै गतिशील टेक हब र ‘कस्ट–इफेक्टिभ हाइड्रोजन’ उत्पादनमा नेपालको उदीयमान भूमिकालाई जोड दियो ।

स्पेनका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकालले नवप्रवर्तन, सहकार्य र दिगो विकासका लागि साझा दृष्टिकोणलाई प्रकाश पारेकी थिइन् । राजदूत ढकालले शिक्षा र सीप विकासमा नेपालको प्रतिबद्धतालाई जोड दिँदै विश्वव्यापी माग पूरा गर्न तयार रहेको जनशक्ति निर्माण गर्ने बताइन् ।

उनले युरोपेली संघको हालको प्राविधिक प्रतिभाको कमीलाई ध्यान दिएर नेपालले आवश्यक सहयोग उपलब्ध गराउने, प्रतिभाशाली, अनुकूलनीय र प्राविधिक रूपमा दक्ष पेशेवरहरूको समूह प्रदान गर्न राम्रो स्थितिमा रहेको आश्वासन दिइन् ।

प्रकाशित : असार १३, २०८१ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×