कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

लन्डनमा तेस्रो ए स्टार नेप्लिज बास्केटबल लिग डिबीएसले जित्यो 

लन्डन — नेपाल बास्केटबल यूकेद्वारा आयोजित तेस्रो ए स्टार नेपलिज बास्केटबल लिग डिबीएस हेजले जितेको छ । लन्डन अक्सब्रीजस्थित ब्रुनेल युनिभर्सिटी स्पोर्ट्स सेन्टरमा शनिबार आयोजित फाइनलमा डिबीएसले ग्रीनफोर्ड नाइट्सलाई पराजित गर्दै दोस्रो पटक च्याम्पियन बनेको हो ।

लन्डनमा तेस्रो ए स्टार नेप्लिज बास्केटबल लिग डिबीएसले जित्यो 

११ हप्ताको लिग खेल र तीन साताको प्ले अफपछि भएको फाइनलमा डिबीएसले उल्लेखनीय कौशल र दृढ संकल्प प्रदर्शन गर्दै लिगमा आफ्नो प्रभुत्व जनायो ।

उक्त बास्केटबल लिग २१ जनवरीमा सुरु भइ १४ हप्तासम्म चलेको थियो । प्रतियोगितामा ११ टिम भिडेका थिए ।

प्रतियोगिताको फाइनल र लिग दुवैमा ‘मोष्ट भ्यालुएवल प्लेयर’ आयुष सिंह भए ।

कार्यक्रममा नेपालका पूर्व राष्ट्रिय खेलाडीहरुलाई खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । सम्मानित हुनेमा मनोज शेरचन, आयुष सिंह, विनोद श्रेष्ठ, अमिर घले र निर्मल गुरुङ थिए ।

त्यसैगरि, ह्वीलचेयर बास्केटबलमा उत्कृष्ट प्रदर्शन गर्ने ह्वीलचेयर खेलाडी दिपेश विश्वकर्मालाई विशेष सम्मान गरिएको संयोजक अंकित क्षेत्रीले जनाए ।

प्रकाशित : असार १०, २०८१ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×