कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

क्योकुसिन वज्रका पदक विजेता सम्मानित

काठमाडौँ — काठमाडौं महानगरपालिका–१७ ले बिहीबार १८ औं पुरुष तौलसमूह तथा १७ औं महिला खुला तौलसमूह फुलकन्ट्याक्ट कराते प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।

क्योकुसिन वज्रका पदक विजेता सम्मानित

नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको महिलातर्फ एपीएफका स्वर्ण विजेता अनिशा तामाङ, रजत विजेता सुमित्रा नगरकोटी, कांस्य विजेता रीना माझी र वेस्ट फाइटर कविता मोक्तानलाई क्रमशः १० हजार, ५ हजार, २ हजार ५ सय र १ हजार ५ सय नगदसहित सम्मान गरिएको हो ।

कामनपा प्रवक्ता एवं वडा १७ का अध्यक्ष नवीन मानन्धरले खेलाडीलाई सम्मान गरे । सोही अवसरमा सिम्रिक युवा क्योकुसिन कराते डो संघ वज्रलाई ५ लाख रुपैयाँबराबरको म्याट सहयोगस्वरुप प्रदान गरियो । सिम्रिकका अध्यक्ष पुष्पमान मानन्धरलाई म्याट हस्तान्तरण गरिएको थियो ।


प्रकाशित : असार १३, २०८१ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×