कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अशोकले अस्ट्रियन ओपन खेलाउने

काठमाडौँ — नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले युरोपमा हुने दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

अशोकले अस्ट्रियन ओपन खेलाउने

अशोक सुरुमा अस्ट्रियाको भियनामा हुने वर्ल्ड र्‍याङकिङ जी–वान अस्ट्रियन ओपन पुम्से तेक्वान्दोमा निर्णायक बन्नेछन् । प्रतियोगिता यही जुन २९ र ३० तारिखमा हुनेछ ।

प्रतियोगितापछि उनी जर्मनीमा हुने डीटीयू बोडेन्सी कपमा निर्णायक रहने छन् । जुलाई ६ तारिखमा हुने प्रतियोगितामा अशोकले ग्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अशोक बिहीबारै अस्ट्रिया गएका छन् । उनी ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

प्रकाशित : असार १३, २०८१ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×