कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भगवतीप्रसादलाई भेट्रान चेसको उपाधि

काठमाडौँ — भगवतीप्रसाद शर्माले वाग्मती प्रदेशस्तरीय सुजेन्द्रप्रसाद श्रेष्ठ स्मृति भेट्रान र्‍यापिड चेस प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । बिहीबार एकदिने प्रतियोगितामा अपराजित उनले ५.५ अंक जोड्दै सफलता पाए ।

भगवतीप्रसादलाई भेट्रान चेसको उपाधि

५० वर्षमाथि २८ खेलाडीले ६ राउन्डमा प्रतिस्पर्धा गरेको प्रतियोगितामा पवन खड्का, दामोदर गाइजु, गणेशमान दुवाल र पुरुषोत्तम दुवाल समान ४.५ अंक जोड्दै शीर्ष ५ स्थानमा अटाए । अंक बराबर भएपछि टाइब्रेकका आधारमा पवन दोस्रो, दामोदर तेस्रो, गणेशमान चौथो र पुरुषोत्तम पाँचौं भए । राजेश कक्षपति, पूर्णराज खड्का, गणेश अवाल (तीनैको ४ अंक), राजेन्द्र वज्राचार्य र बद्रीलाल नेपाली ( ३.५ अंक) शीर्ष १० मा रहे ।

विजेता भगवतीले १० हजार, पवनले ५ हजार, दामोदरले २ हजार ५ सय र गणेशमानले १ हजार २ सय ५० रुपैयाँ पुरस्कार पाए । पाँचौंदेखि दसौंसम्म रहनेले जनही १ हजार पाए ।

अखिल नेपाल चेस संघले पूर्वखेलाडी सुजेन्द्रप्रसाद श्रेष्ठको स्मृतिमा भेट्रान प्रतियोगिता आयोजना गरेको हो । नेपाल बुद्धिचाल महासंघमा उपाध्यक्षसमेत रहेका श्रेष्ठको २०७९ साल चैत २४ मा मृत्यु भएको थियो ।

प्रकाशित : असार १३, २०८१ २२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×