कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

युरो-२०२४ :  बराबरीमा चेक र जर्जिया दुवैलाई घाटा

काठमाडौँ — प्याट्रिक सिकले दोस्रो हाफमा गरेको गोलमा चेक गणतन्त्रले युरोमा शनिबार प्रतियोगितामा डेब्यु गरिरहेको टिम जर्जियालाई १–१ को बराबरीमा रोकेको छ । खेल रोमाञ्चक रहे पनि यो नतिजाले दुवै टिमलाई फाइदा भने गर्ने छैन । समूह ‘एफ’ मा दुवै टिमको दुई खेलबाट एक–एक अंक भएको छ ।

युरो-२०२४ :  बराबरीमा चेक र जर्जिया दुवैलाई घाटा

यो नतिजाले दुवै टिमको नकआउट चरण पुग्ने सम्भावना भने कायम रहेको छ । टर्की र पोर्चुगल समान तीन अंकमा समूहको शीर्ष दुईस्थानमा छन् । यी दुईको शनिबार राति अबेर खेल हुनेछ । ह्याम्बर्गमा भएको खेलमा जर्जियाले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो । जर्जेस मिकुटाड्जेले पेनाल्टीबाट पहिलो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेका थिए ।

चेकका सिकले ५९ औं मिनेटमा टोलीका लागि बराबरी गोल फर्काए । अब लिग चरणको अन्तिम खेलमा जर्जियाले पोर्चुगल र चेक गणतन्त्रले टर्कीको सामना गर्नेछन् । जर्जियाका प्रशिक्षकले टिमको पहिलो खेलमा प्रदर्शन खराब रहे पनि युरो इतिहासमै पहिलो अंक जित्नका लागि आफ्ना खेलाडीले कडा मिहिनेत गरेको बताए ।

जर्जियाका गोलरक्षक जिरोगी मामाडासभीले शृंखलाबद्ध बचाउ गरे । युरो २०२० मा सर्वाधिक गोलको नायक सिकको प्रहार भने उनले रोक्न सकेनन् । दुवै टिम आ–आफ्नो पहिलो खेलमा पराजित रहेका थिए । यसै कारण दुवै दबाबमा थिए । जर्जिया यसपालिको युरोमा सबैभन्दा तल्लो वरीयताको टिम हो ।

प्रकाशित : असार ८, २०८१ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×