कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

शितगंगाको बजेट ८६ करोड ८६ लाख, कक्षा १२ सम्म नि:शुल्क शिक्षा 

अर्घाखाँची — क्षेत्रफलका हिसाबले देशको ठूलो अर्घाखाँची शितगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ८६ करोड ८६ लाख ९० हजार रुपैयाँको बजेट ल्याएको छ ।

शितगंगाको बजेट ८६ करोड ८६ लाख, कक्षा १२ सम्म नि:शुल्क शिक्षा 

शनिबार १५ औं नगरसभामार्फत नगर उपप्रमुख गिता भाटले सार्वजनिक गरेको बजेटमा चालुतर्फ ६२ करोड ९५ लाख ६५ हजार र पूँजीगततर्फ २३ करोड ९१ लाख २५ हजार रूपैयाँ रहेको छ ।

संघबाट समानीकरण अनुदान १२ करोड ८० लाख, सशर्त अनुदान ४७ करोड १५ लाख ५५ हजार र राजस्व बाँडफाँडतर्फको रकम १६ करोड ७२ हजार प्राप्त हुने अनुमान रहेको छ ।

लुम्बिनी प्रदेशबाट समपुरक अनुदान १ करोड ५ लाख, संघीय समपुरक अनुदानतर्फ ५० लाख, सडक बोर्ड नेपाल समपुरक अनुदान ६५ लाख, प्रदेश समानीकरण अनुदान ८९ लाख २० हजार, प्रदेश सशर्त अनुदान १ करोड २८ लाख, प्रदेश विशेष अनुदान ३० लाख र प्रदेश राजस्व बाँडफाँट १ करोड १२ लाख र चालु आर्थिक वर्षको अनुमानित बचत १ करोड ४९ लाख २१ हजार हुने प्रारम्भिक अनुमान रहेको भाटले बताइन् ।

शितगंगाले कृषि उत्पादन, शिक्षा, स्वास्थ, पुर्वाधार विकासलाई बजेटमा प्राथमिकता दिएको छ । १२ कक्षासम्म नि:शुल्क शिक्षा व्यवस्थापनको लागि २० लाख र उपप्रमुख शैक्षिक कार्यक्रमका सञ्चालन गर्ने भएको छ । त्यस्तै नगरपालिकाले नमुना कृषि फार्म सञ्चालन गर्न ५ लाख बजेट विनियोजन भएको छ । नगरभित्र कृषि तथा पशु विकासका माध्यमबाट स्थानीयलाई रोजगारी सृजना र आयआर्जन बढाउन नगरप्रमुख कृषि विकास कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यसको लागि १ करोड १० लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरेको उनले बताइन् ।

शितगंगा कृषि, पशुपालनको लागि सम्भावना राम्रो भएको नगर हो । तराईका जिल्लासँग सीमामा जोडिएको यहाँको उत्पादन बुटवल, कपिलवस्तु, दाङसहित भारतीय सीमा नाका कृष्णनगर हुँदै भारत निर्यात हुन्छ । पढेलेखेका युवालाई कृषि उद्यममा जोड्ने नगरको लक्ष्य रहेको छ । नगरभित्रका ५ वटा नगर गौरवका सडक ठाडा-अमराइ-जुकेना देउराली ऐरावती, भेडामारे-सिमलपानी-बौरीभाट गाउँ चिदिचौर हुँदै चोलारानी दाव पावरा बिक्रमसोता, चाक्ला-हरेबरे-बहखोर- पाकुरी धानखोला, सितापुर-सुवर्णखाल-मन्द्रे- नेटापोखरा र ढुंगेशेरा-टिकरी-मौवाबारी-वनकासवासलाई निर्माण गर्न नगर, संघ र प्रदेशबाट समपुरक अनुदानसमेत गरी ५ करोड ९५ लाख बजेट विनियोजन गरिएको छ । त्यसैगरी खडरबट्टी-फोर्सल-सुपारीनेटा-बाँके हरे, सातमारा-लाहापे-सिलिङखोला-चिदिचौर सडक र हरे-लौरी-लामाताल सडकलाई २ करोड २० लाखसहित नगरभित्रका सडक मर्मत तथा स्तरोन्नतीका लागि कुल ९ करोड २० लाख ८० हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ । सुशासनतर्फ १३ करोड ५२ लाख ७० हजार बजेट छुट्ट्याइएको छ ।

नगरले सडक सञ्जालको स्तरोन्नति गर्ने साथै नगरबाट बजेट विनियोजन भई निर्माणाधीन भवन निर्माणलाई निरन्तरता दिने, शिक्षा प्रणालीमा परिणात्मक र गुणात्मक सुधार ल्याउने र कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा लगानी बढाई नगरवासीले अनुभूति गर्ने नयाँ आयोजना सञ्चालनमा ल्याउने नीति अगाडि सारेको छ ।

उत्पादनमूलक र छिटो प्रतिफल दिने, राजस्व परिचालनमा योगदान पुर्‍याउने, आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्‍याउने कार्यक्रम सञ्चालन गर्ने, समावेशी विकास, दिगो विकास, सहस्राब्दी विकासका लक्ष्य, हरियाली प्रवर्द्धन, वातावरण संरक्षण, जनमैत्री विकास लगायतका विकासका समसामयिक मुद्दाहरूलाई निरन्तर सम्बोधन गर्ने भएको छ ।

सबै प्रकारका विभेद र असमानताको अन्त्य, समन्यायिक विकास र विकासको प्रतिफलमा न्यायपूर्ण पहुँच पुराउन र उत्तरदायी शासकीय व्यवस्था, शान्ति सुरक्षाको प्रत्याभूति, भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा वातावरण ल्याउने नीति अगाडि सारिएको छ ।

शितगंगा नगर प्रमुख छविलाल पौडेलको अध्यक्षतामा भएको नगरसभामा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, नगरको १४ वटै वडाध्यक्षहरू, वडा सदस्य र कर्मचारीको उपस्थिति थियो ।

प्रकाशित : असार ८, २०८१ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×