कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

भैरहवा — जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा दोषी ठहर भएर पनि फरार रहेका प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१२, बलिराम लोधलाई मंगलबार पक्राउ गरेको जनाएको हो । 

जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

साविक पुनरावेदन अदालत बुटवलको २०५९ वैशाख १६ गते गरेको फैसलाअनुसार लोधलाई जबर्जस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्ष कैद सजाय तोकिएको थियो । लोधले एक महिना एक दिन कैद भुक्तान गरिसकेको जिल्ला प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले लोधले २ वर्ष १० महिना २९ दिन कैद भुक्तान गर्न बाँकी रहेको जानकारी दिए । जिल्ला अदालतले २०५६ असोज १६ गते गरेको फैसला अनुसार लोधले उक्त अभियोगमा सफाइ पाएका थिए ।

पीडितले जिल्ला अदालतको फौसला बिरुद्ध पुनरावेदन गरेपछि पुनरावेदन बुटवलले जिल्ला अदालतको फैसला उल्टयाएको थियो । प्रवक्ता भट्टले लोधलाई पक्राउ गरेर मंगलबार नै जिल्ला कारागार चलान गरिएको बताए ।


प्रकाशित : असार ११, २०८१ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन प्राप्त भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओली कसरी अघि बढ्लान् ?

×