कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

दाङमा चट्याङ लागेर एक बालकको मृत्यु

दाङ — चट्याङ लागेर सोमबार बेलुका तुलसीपुरमा एक बालकको मृत्यु भएको छ । आँगनमा बसेर मोबाइल चलाइरहेको बेला चट्याङ लागेर तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेका १० वर्षीय सुवास विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

चट्याङ लागेर बेहोस भएका विकलाई उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल तुलसीपुर लगिए पनि डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार १०, २०८१ २२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×