कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भाँडामा राखेको पानीमा डुबेर तुलसीपुरमा ८ महिने बालकको मृत्यु

दाङ — तुलसीपुरमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । घर आँगनमा खेल्ने क्रममा सोमबार दिउँसो पानीको भाँडोमा डुबेर तुलसीपुर उपमहानगरपालिका–४ गहतेराका विणा पुनका आठ महिने छोरा सलिम पुनको मृत्यु भएको हो ।

पानीमा डुबेर बेहोस भएका बालकलाई उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल तुलसीपुर लगिएकोमा डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयले तुलसीपुरले जानकारी दिएको छ ।


प्रकाशित : असार १०, २०८१ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×