कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एसईई कप चेसमा अभिक र अंशुदिल अगाडि

काठमाडौँ — हिमालयन चेस एकेडेमीको आयोजनामा शनिबार सुरु गोल्डेनगेट एसईई कप र्‍यापिड चेस प्रतियोगितामा अभिक शाह ४ अंकसहित अगाडि छन् ।

एसईई कप चेसमा अभिक र अंशुदिल अगाडि

जेम्स स्कुलका १८२५ रेटिङका उनले मञ्जयकुमार पटेल, विभूषित कायस्थ, तेजस अटल र रोहित श्रेष्ठलाई पराजित गर्दै ४ अंक जोडेका हुन् । शीर्ष वरीयता १९७२ रेटिङका पुरुषोत्तम सिलवालले पनि हरेन्द्रकुमार महतो, स्वस्तिकराज जोशी, शम्भुहाङ राई र निश्चल अधिकारीलाई पराजित गर्दै समान ४ अंक बनाए । समान अंक भए पनि टाइब्रेकका आधारमा अभिक शीर्षस्थानमा छन् ।

स्विस प्रणालीको आधारमा हुने प्रतियोगिताको पाँचौं चरणमा आइतबार पुरुषोत्तम र अभिक प्रतिस्पर्धा गर्दैछन् । तेजस, स्वस्तिकराज, निश्चल, विभूषित, रोहित, रोहन खतिवडा, अनुप सिवाकोटीले समान ३ अंक जाडेका छन्, । शम्वुहाङ २ अंक बटुल्दै शीर्ष १० भित्र रहे ।

गर्ल्सतर्फ अंशुदिल प्रजापति अगाडि छन् । उनले २ अंक जोडिन । जेसिका सिंह १ अंकसहित दोस्रो स्थानमा छन् । गोल्डेनगेट कलेजको प्रायोजनमा आयोजित एसईई कप सातौं चरणको प्रतिस्पर्धासँगै आइतबार सम्पन्न हुनेछ ।

विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँसँगै गोल्डेनगेट कलेजमा छात्रवृत्ति पाउनेछन् ।

प्रकाशित : असार ८, २०८१ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×