कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

२०८४ मा कांग्रेसलाई बहुमत ल्याउने पार्टी बनाउन सकिन्छ : महामन्त्री थापा

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने गरी पार्टी बनाउन सकिने बताएका छन् । 

२०८४ मा कांग्रेसलाई बहुमत ल्याउने पार्टी बनाउन सकिन्छ : महामन्त्री थापा

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा थापाले एकढिक्का बनाएर कांग्रेसलाई अघि बढाउनसके आगामी निर्वाचनमा एकल बहुमतसहितको पार्टी बनाउन सकिने बताए । उनले कांग्रेसलाई ५ वर्ष ढुक्कले सरकार चलाउने पार्टी बनाउन सकिने बताए ।

नेपालले अहिले अपनाएको निर्वाचन प्रणालीबाटै २०४८ सालमा जस्तो ४० प्रतिशतभन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठूलो मात्रै होइन, ५ वर्ष आफ्नो तागतको आधारमा एकल सरकार चलाउन सक्ने पार्टीका रूपमा कांग्रेसलाई बनाउन सकिने महामन्त्री थापाको भनाइ थियो ।

‘म तपाईंहरूलाई यो विश्वास दिलाउन चाहन्छु कि यो पार्टी सकिएला, भत्किएला, त्यो केही पनि हुँदैन । २०८४ सालको चुनावबाट, अहिलेकै निर्वाचन प्रणालीबाट विपी कोइराला, गणेशमान, किसुनजीको पार्टी हो यो । यो पार्टीको कार्यकर्ताहरु हौँ हामी । हामीभित्र केही सुधार चाहिएको छ । हामी भित्र केही फोहोर सफा गर्नुपर्नेछ । हामी भित्र माया, प्रेम चाहिएको छ । सबै कुरा मिलाउनुपर्नेछ, मिलाऔं,' महामन्त्री थापाले भने, 'यो सबै कुरालाई मिलाएर एक ढिक्का बनाएर, तपाईहरूको माया, प्रेम यो सबै कुरालाई तागत बनाएर यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशत भन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठूलो मात्रै होइन, ५ वर्ष आफ्नो तागतको आधारमा एकल सरकार चलाउन सक्ने पार्टी यो बन्छ, बनाउन सक्छौं ।’

महामन्त्री थापाले कांग्रेसले सरकारमा नरहेर पनि जनताको सेवामा निरन्तर लाग्नुपर्ने बताए ।

प्रकाशित : असार ८, २०८१ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×