कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको छ : मन्त्री शर्मा

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको बताएकी छन् । काठमाडौंमा बिहीबार नेपाल साहित्यिक पत्रकार संघको १८ औं स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति देशको मूल नीति भए पनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति भएको बताएकी हुन् ।

राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको छ : मन्त्री शर्मा

उनले देशको माउ नीति भएको राजनीति नसुधारीकन अन्य क्षेत्र सुधार गर्छु भनेर सम्भव नरहेको जिकिर गरिन् ।

मन्त्री शर्माले राजनीतिलाई सुधार गर्न सबैले सोच विचार गर्न आवश्यक रहेको बताइन् । उनले साहित्यिक क्षेत्रबाट पनि राजनीतिक सुधारका लागि आवश्यक काम हुनु पर्नेमा जोड दिइन् । उनले सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारीलाई पूरा गर्नु सबै नागरिकको दायित्व भएको बताइन् ।

‘आज आएर राजनीति भन्दा किन सबैले नाक खुम्च्याउने विषय बन्दैछ । आखिर राजनीति त देशको मूल नीति हो । यो माउ नीति हो । यो मूल नीति, माउ नीति नसच्चिएसम्म, यो नसुध्रिकन अरु तमाम क्षेत्र सुधार्छु भनेर सम्भव छैन । त्यसकारण यसलाई कसरी सुधार गर्ने, कसरी अघि बढाउने भन्ने विषयमा हामी सबैले घोत्लिएर सोच्नुपर्ने हो कि ?’ उनले भनिन् ।

मन्त्री शर्माले सरकारले साहित्यिक पत्रकारितालाई पनि केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताइन् । अहिलेको युग सूचना र प्रविधिको युग भएकाले साहित्यलाई पनि सूचना र प्रविधिमैत्री बनाउन जरुरी रहेको बताइन् ।


प्रकाशित : असार १३, २०८१ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×