कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एकीकृत समाजवादीको केन्द्रीय कमिटी जम्बो बन्ने, पदाधिकारी संख्या २१ पुर्‍याइयो

काठमाडौँ — नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गरेको छ । महाधविशेनको मुखमा बसेको केन्द्रीय सचिवालयको बैठकले १ सय १९ बाट बढाएर २ सय १९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको हो ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी जम्बो बन्ने, पदाधिकारी संख्या २१ पुर्‍याइयो

सचिवालयका अनुसार एकीकृत समाजवादीले पदाधिकारीको संख्या पनि बढाएर २१ पुर्‍याएको छ । विधान मस्यौदालाई संशोधन गरी अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, एक महिलासहित सात उपाध्यक्ष, महासचिव, उपमहासचिव ४, सचिव ७ सहित २१ सदस्यीय पदाधिकारी हुनेछन् ।

यही असार १६ देखि काठमाडौंमा हुने महाधिवेशनले यी पदाधिकारी चयन गर्ने छन् । समाजवादीको आठौं केन्द्रीय कमिटी र केन्द्रीय परिषद् बैठकले १९ पदाधिकारी भएको १ सय १९ सदस्य केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । यो निर्णय विपरीत सचिवालय बैठकले पदाधिकारी र केन्द्रीय कमिटी बढाउने निर्णय गरेको हो ।


प्रकाशित : असार १३, २०८१ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×