कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भँगालोमा पस्दा मजदुरको मृत्यु

पाँचथर — पाँचथर र ताप्लेजुङलाई सिमाना छुट्याएर बग्ने इन्द्रावती खोलाले बगाउँदा भारत घर भएका एक मजदुरको ज्यान गएको छ ।

पाँचथरको याङवरक गाउँपालिका ३ ओयाममा निर्माणाधीन इङवा हाइड्रो पावर कम्पनीमा कार्यरत भारत घर भएका करिब ४० वर्षीय बैकुण्ठ बिहारीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्तबहादुर भण्डारीका अनुसार उनी इङवा हाइड्रो प्रालिमा मिक्चर चलाउँदै आएका थिए ।

याङवरक ३ ओयामको ढुंगेलीमा पिसाब फेर्न गएका उनी खुट्टा चिप्लेर इन्द्रावती खोलाको भँगालोमा पसेका थिए । त्यसपछि बेपत्ता भएका उनलाई ताप्लेजुङको सिदिङवा ३ स्थित इन्द्रावती खोलाको किनारमा मृत अवस्थामा फेला पारेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा उनको घर परिवारका सदस्यलाई खबर गरेको र उनीहरु सम्पर्कमा आएपछि प्रक्रिया पुर्‍याएर शव जिम्मा लगाउने तयारी भइरहेको भण्डारीको भनाइ छ ।


प्रकाशित : असार ८, २०८१ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×