कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

सन् १९६३ मा आजकै दिन : अन्तरिक्षमा महिला 

काठमाडौँ — सन् १९६३ मा आजकै दिन (जुन १६ मा) सोभियत संघकी अन्तरिक्षयात्री भालेन्तिना तेरेस्कोभा अन्तरिक्षमा पुगेकी थिइन् । १९३६ को मार्च ६ मा जन्मिएकी तेरेस्कोभा अन्तरिक्षमा पुग्ने पहिलो महिला हुन् । 

सन् १९६३ मा आजकै दिन : अन्तरिक्षमा महिला 

भोस्तोक–६ यानमार्फत अन्तरिक्षमा पुगेकी तेरेस्कोभाले पृथ्वीमा फर्कनुअघि ४८ पटक पृथ्वीको कक्षलाई परिक्रमा गरेकी थिइन् । त्यसका लागि उनलाई ७१ घण्टाको समय लागेको थियो ।

अन्तरिक्ष यात्राबाट फर्केपछि उनलाई ‘हिरो अफ सोभियत संघ’ घोषित गरिएको थियो । त्यसका साथै उनलाई संयुक्त राष्ट्रसंघले शान्तिका लागि स्वर्ण पदक प्रदान गरेको थियो । अन्तरिक्ष यात्रामा जोडिनुअघि तेरेस्कोभा एक कपडा कम्पनीकी जागिरे थिइन् ।

अन्तरिक्षबाट फर्केपछि भने उनी युनाइटेड रसिया पार्टीबाट सक्रिय राजनीतिमा लागिन् । उनी २००८ मा रुसी प्रान्त यारोस्लाभोलको संसद्को उपाध्यक्ष बनिन् । त्यसको तीन वर्षपछि तेरेस्कोभा रुसी सांसद भइन् । उनी दुई पटक ‘अर्डर अफ लेनिन’ अवार्डबाट पनि सम्मानित भएकी छन् ।

प्रकाशित : असार २, २०८१ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x