सन् १९९१ मा आजकै दिन : रुसी राष्ट्रपतिमा यल्तसिन विजयी 

जेष्ठ ३०, २०८१

कान्तिपुर संवाददाता

On this day in 1991: Yeltsin wins the Russian presidency

काठमाडौँ — सन् १९९१ मा आजकै दिन (जुन १२) मा रुसी राष्ट्रपतिमा बोरिस यल्तसिन निर्वाचित भएका थिए । १९३१ को फेब्रुअरी १ मा जन्मिएका यल्तसिन १९९९ सम्म रुसको राष्ट्रपति थिए ।

रुसमा १९९१ को मार्च १७ मा भएको जनमतसंग्रहले राष्ट्रपति पदको व्यवस्था गरेको थियो । त्यसपछि भएको पहिलो निर्वाचनमा यल्तसिन विजयी भएका थिए । उनी सोभियत संघको विभाजनपछिको रुसमा लोकतन्त्रको जग बसाल्ने नेताका रूपमा परिचित छन् । 

यल्तसिन १९९६ मा भएको राष्ट्रपतीय चुनावमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । तर उनले दोस्रो कार्यकाल बाँकी रहँदै १९९९ डिसेम्बर ३१ मा राजीनामा दिए । दोस्रो कार्यकालमा क्रमशः लोकप्रियता गुमाउँदै गएपछि उनले राजीनामा दिएका थिए । यल्तसिनको २००७ अप्रिल २३ मा ७६ वर्षको उमेरमा निधन भएको हो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully