२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कमलामा अवैध दोहन : तीन टिपर नियन्त्रणमा

विनय आजाद

सिरहा — सिरहास्थित कमला खोलामा नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन गरी ओसारिरहेका तीन वटा टिपर नियन्त्रणमा लिइएको छ । सबडिभिजन वन कार्यालय, बन्दिपुरले शुक्रबार राति साढे १२ बजेको समयमा तीन टिपरलाई नियन्त्रणमा लिएको हो ।

कमलामा अवैध दोहन : तीन टिपर नियन्त्रणमा

कमलामा उत्खनन पूर्ण रूपमा निषेध भएको अवस्थामा वातावरणीय प्रभावसमेत मूल्याकंन नभएको स्थानबाट नदिजन्य पदार्थ उत्खनन गरी ल्याइरहेको अवस्थामा तीन टिपरलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय, लहानका प्रमुख सुजित कुमार झाले बताए ।

झाका अनुसार, अवैध पुर्जीसहित उनीहरू कमलामा उत्खनन गरिरहेका थिए । नियन्त्रणमा लिइएका तीनै टिपर अहिले सबडिभिजन वन कार्यालय, बन्दिपुरमा राखेर अनुसन्धान भइरहेको वनले जनाएको छ ।

प्रकाशित : असार १, २०८१ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x