कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेप्से १८.७६ अंकले घट्यो

काठमाडौँ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.७६ अंकले घटेको छ । मंगलबार शून्य दशमलव ८९ प्रतिशतले घटेको नेप्से २०७६.४९ विन्दुमा सीमित भएकाे छ । आज ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । 

नेप्से १८.७६ अंकले घट्यो

४० वटा कम्पनीको सेयर मूल्य बढ्दा १९८ वटा कम्पनीको मूल्य घट्यो । ९ वटा कम्पनीको मूल्य स्थिर छ । जीवन बिमा समूह १००.५८, होटल तथा पर्यटन उपसमुह ३९.५३, विकास बैंक उपसमूह ३५.९४, उत्पादन तथा प्रशोधन समूह ३४.५७ अंक, बैंकिङ उपसमुह १२.९४ ले घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेको छ । मान्डु हाइड्रोपावरको ७.८३ , वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.२० प्रतिशतले बढेको छ । मनकामना स्मार्ट लघुवित्त, कुथेली बुखारी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

प्रकाशित : असार ४, २०८१ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×