कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण थाल्न प्रधानमन्त्रीसँग माग

गोरखा — गोरखा र धादिङका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण सुनिश्चितताको माग गरेका छन् । 

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण थाल्न प्रधानमन्त्रीसँग माग

मंगलबार प्रधानमन्त्रीसमक्ष सांसदहरुले मुआब्जा वितरणको बाँकी काम टुंग्याएर निर्माण सुरु गर्न माग गरेका हुन् । आगामी आर्थिक वर्ष छुट्टाइएको ५० करोड रकमले बुढीगण्डकी आयोजनाका लागि अपुग हुने विषय प्रधानमन्त्रीसमक्ष राखेको प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईले बताए । ‘बुढीगण्डकी निर्माण सुनिश्चितताका लागि ध्यानाकर्षण गराएका हौं, पुनर्वास पुन:स्थापना, वोट, गोठको बाँकी मुआब्जामा उदासिनताका सन्दर्भमा पनि कुरा राख्यौ,’ उनले भने ।

भेटमा गोरखा र धादिङका प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरुको उपस्थिति रहेको थियो । सांसदहरु सँगको भेटमा प्रधानमन्त्री दाहालले आयोजना निर्माणको शुभारम्भ गर्ने बताएका छन् । बुढीगण्डकी जलविद्युत कम्पनी तथा मातहतका कार्यालयको बैठक बोलाउन पनि प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।

प्रतिनिधिसभाका सांसद रामनाथ अधिकारी, बिना लामा, राजेन्द्र बजगाई, बुद्धिमान तामाङ तथा राष्ट्रिय सभा सदस्य कमला पन्त र किरणबाबु श्रेष्ठलगायतले प्रधामन्त्री दाहाललाई भेटका हुन् ।

प्रकाशित : असार ४, २०८१ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×