रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने लिङदेनको कदमलाई कांग्रेस सांसद चौधरीले गरिन् समर्थन

असार ४, २०८१

कान्तिपुर संवाददाता

Congress MP Chaudhary supported Lingden's move to tear the budget booklet in the rostrum

काठमाडौँ — नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको कदमको समर्थन गरेकी छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गरेर बजेट विनियोजन गरेका बताइन् । उनले मन्त्रीहरूलाई आफ्नो निर्वाचन क्षेत्रका लागि मात्रै मन्त्री बनेको हो ? भनी प्रश्न गरिन् । उनले लिङदेनले पीडाका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेको भन्दै सो कामको समर्थन गर्ने बताइन् । उनले बजेट पुस्तिका च्यात्नुपर्ने खालको रहेको उल्लेख गर्दै एकजनाले च्यातेपछि सबैले च्यातेजस्तो हुने पनि बताइन् ।

‘आफ्नो निर्वाचन क्षेत्रको लागि मात्रै मन्त्रीज्युहरू मन्त्री बन्नुभएको हो ? के यसले देशको विकास हुन्छ ? कर्णालीमा दुई लाख पुलमा । जनकपुरको वडामा चाहीँ एक करोड ७१ लाख रुपैयाँ सडक बनाउन । मधेश प्रदेशमै ८ वटा जिल्ला छ, के जनकपुर सबभन्दा पिछडिएको जिल्ला हो ? होइन,' उनले भनिन्, 'पीडा छ । यो चाहीँ नगरौँ । संसदमा एउटा पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले यो बुक च्यात्नुभयो । यो के राम्रो हो ? यो राम्रो होइन । तर उहाँको पीडा छ च्यात्नुहुन्छ । च्यातेको म समर्थन गर्छु । किनभने यो च्यात्नुपर्छ । तर एकजनाले च्यातेपछि सबैले च्यातेजस्तै भयो ।’

उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषा जिल्लामा मात्रै बजेट केन्द्रित गरिएको बताइन् । 

बजेट ०८१/०८२

कान्तिपुर

Link copied successfully