कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने लिङदेनको कदमलाई कांग्रेस सांसद चौधरीले गरिन् समर्थन

काठमाडौँ — नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको कदमको समर्थन गरेकी छन् ।

रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने लिङदेनको कदमलाई कांग्रेस सांसद चौधरीले गरिन् समर्थन

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गरेर बजेट विनियोजन गरेका बताइन् । उनले मन्त्रीहरूलाई आफ्नो निर्वाचन क्षेत्रका लागि मात्रै मन्त्री बनेको हो ? भनी प्रश्न गरिन् । उनले लिङदेनले पीडाका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेको भन्दै सो कामको समर्थन गर्ने बताइन् । उनले बजेट पुस्तिका च्यात्नुपर्ने खालको रहेको उल्लेख गर्दै एकजनाले च्यातेपछि सबैले च्यातेजस्तो हुने पनि बताइन् ।

‘आफ्नो निर्वाचन क्षेत्रको लागि मात्रै मन्त्रीज्युहरू मन्त्री बन्नुभएको हो ? के यसले देशको विकास हुन्छ ? कर्णालीमा दुई लाख पुलमा । जनकपुरको वडामा चाहीँ एक करोड ७१ लाख रुपैयाँ सडक बनाउन । मधेश प्रदेशमै ८ वटा जिल्ला छ, के जनकपुर सबभन्दा पिछडिएको जिल्ला हो ? होइन,' उनले भनिन्, 'पीडा छ । यो चाहीँ नगरौँ । संसदमा एउटा पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले यो बुक च्यात्नुभयो । यो के राम्रो हो ? यो राम्रो होइन । तर उहाँको पीडा छ च्यात्नुहुन्छ । च्यातेको म समर्थन गर्छु । किनभने यो च्यात्नुपर्छ । तर एकजनाले च्यातेपछि सबैले च्यातेजस्तै भयो ।’

उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषा जिल्लामा मात्रै बजेट केन्द्रित गरिएको बताइन् ।

प्रकाशित : असार ४, २०८१ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×