कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मन्त्री हाबी हुने बजेट बनाउन बन्द गरौँ : प्रमुख सचेतक परियार

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले मन्त्री हाबी हुने बजेट तर्जुमा गर्न बन्द हुनुपर्ने बताएका छन् । बजेट निर्माणका लागि निश्चित मापदण्ड तयार गर्नुपर्ने उनले बताए ।

मन्त्री हाबी हुने बजेट बनाउन बन्द गरौँ : प्रमुख सचेतक परियार

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख सचेतक परियारले बजेटको समन्यायिक वितरण हुनुपर्ने बताए । उनले अमूक मन्त्री हाबी हुने बजेट बनाउन बन्द गर्नुपर्ने बताए । उनले सबै निर्वाचन क्षेत्रमा निश्चित न्यूनतम बजेट जाने व्यवस्था गर्नुपर्ने धारणा राखे ।

'अब बजेट एउटा विधिमा बनाऔँ, एउटा पद्धतिमा बनाऔँ । यसलाई एउटा सुत्रमा बनाऔँ । समन्यायिक विकासको कुरा हामी सबै गर्छौं । तर समन्यायिक बजेट वितरण किन हुन सक्दैन ? अमूक मन्त्री हाबी हुने बजेट बनाउन अब हामी बन्द गरौँ । एउटा निश्चित मापदण्ड, निश्चित व्यवस्था त गर्न सकिन्छ होला नि त । कानुन तर्जुमा गर्न सकिन्छ होला नि त !,' परियारले भने, 'सरकारका मन्त्रीको विशेष प्राथमिकता होलान् । तर, कमसेकम हाम्रा सबै क्षेत्रमा, सबै भुगोल, सबै निर्वाचन क्षेत्रमा न्यूनतम यति बजेट जाने भन्ने कुरा त गर्न सकिन्छ होला नि ! त्यो खालको कार्यपद्धती बनाउन किन नसक्ने ? त्यो गर्न सकियो भने मात्रै बजेट, सरकारका माथि आएका टिकाटिप्पणी कम हुन्छ भन्ने मलाई लाग्छ । अन्यथा फेरि पनि बजेट माथि गर्ने बहस यस्तै रहन्छ ।’

प्रकाशित : असार ४, २०८१ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×