कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

धनकुटा — किशारीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाको साँगुरीगढी गाउँपालिका ६ स्थित भेडेटार बजारको होटलबाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ११ का ५१ वर्षीय प्रविन अग्रवाल रहेको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सिरहा घर भई हाल सुनसरीको इटहरीमा आफन्तको घरमा बस्दै आएकी १५ वर्षीया किशोरीलाई आइतवार भेडेटारस्थित एक होटलमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ ।

‘जबरजस्ती करणीको जाहेरी परेपछि अभियुक्तलाई तत्काल पक्राउ गरिएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले बताए । टेलिफोन सम्पर्क गरेर किशोरीलाई चकलेट तथा खानेकुरा किनिदिएर प्रलोभनमा पारेर भेडेटार पुर्‍याएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । पक्राउ परेका अग्रवाललाई कानुनी कारबाहीका लागि जिल्ला अदालतमा प्रक्रिया अघि बढाइएको अधिकारीले बताए ।


प्रकाशित : असार ४, २०८१ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×