कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

सुर्खेतका ३ उत्कृष्ट कृषक पुरस्कृत

वीरेन्द्रनगर — सुर्खेत जिल्लाका ३ जना कृषकहरुलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालय सुर्खेतले एक कार्यक्रम आयोजना गरी कृषकहरुलाई पुरस्कार वितरण गरेको हो ।

सुर्खेतका ३ उत्कृष्ट कृषक पुरस्कृत

भैंसीपालन र तरकारी खेती गरिरहेका गुर्भाकोट नगरपालिकाका गोविन्द ओलीलाई प्रथम पुरस्कार दिइएको छ । ओलीले गुर्भाकोट नगरपालिका– १३ मा दाजुभाइ कृषि तथा पशुपन्छी फार्म सञ्चालन गरिरहेका छन् । ओलीलाई प्रमाणपत्र सँगै नगद ४० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

यस्तै दुर्गा पशु कृषि तथा च्याउ फर्म सञ्चालन गरेर च्याउ खेतीमा संलग्न वीरेन्द्रनगर नगरपालिका–११ का इमानसिंह बस्नेतले दोस्रो पुरस्कार पाए । उनलाई ३० हजार रुपैयाँ र प्रमाणपत्रले सम्मान गरिएको छ । वीरेन्द्रनगर–३ मा श्याम कृषि फार्म सञ्चालन गरिरहेका श्याम पुरीले तेस्रो पुरस्कार पाएका छन् । उनलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र दिइएको छ ।

कर्णाली प्रदेश सरकारले कर्णालीका १० वटै जिल्लाका कृषकहरुमध्येबाट मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गर्दै आएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले बताए । यो वर्षको पुरस्कारको लागि अन्य जिल्लामा पनि उत्कृष्ट कृषकहरु छनौट भइसकेका छन् ।


प्रकाशित : असार ४, २०८१ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×