कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.६७°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पर्साबाट ठूलो परिमाणमा गाँजासहित युवक नियन्त्रणमा 

पर्सा — पर्साबाट ठूलो परिमाणमा गाँजासहित युवक पक्राउ परेका छन् । पटेर्वासुगौली गाउँपालिका–४ भथौडाका २३ वर्षीय अमितकुमार चौधरीलाई ठूलो परिमाणमा लागूऔषध गाँजासहित उनकै घरबाट नियन्त्रणमा लिइएको हो ।

पर्साबाट ठूलो परिमाणमा गाँजासहित युवक नियन्त्रणमा 

चौधरीले गाईगोठमा गाँजा लुकाइछिपाई राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले टोलीले शनिबार अपराह्न ४ बजेतिर छापामारी ७ वटा पोकामा रहेको २२ किलो ४ सय ९० ग्राम गाँजा बरामद गरेको हो ।

चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए ।

प्रकाशित : असार २, २०८१ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x