कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कोपा अमेरिका २०२४ : ब्राजिलको कोस्टारिकासँग निराशाजक बराबरी

काठमाडौँ — ब्राजिलले कोपा अमेरिका २०२४ को आफ्नो पहिलो खेलमा मंगलबार कोस्टारिकासँग निराशाजक गोलरहित बराबरी खेलेको छ । समूह ‘डी’ को खेलमा बलियो ब्राजिलले कोस्टारिकाको रक्षापंक्ति तोड्न सकेन् ।

कोपा अमेरिका २०२४ : ब्राजिलको कोस्टारिकासँग निराशाजक बराबरी

यससँग दुवै टिमले एक एक अंकमै चित्त बुझाए । यसअघि यसै समूहको खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ ले हराएको थियो । कोलम्बियाका लागि ड्यानिएल मुनोज र जेफरसन लेरमाले पहिलो हाफमा गोल गरे ।

जुलियो एनसिकोले पाराग्वेका लागि एक गोल फर्काए । यो जितपछि कोलम्बियाले तीन अंकसहित समूहमा सुरुआती अग्रता लिएको छ । बराबरीले ब्राजिली टिममाथि दबाब भने बढेको छ ।

प्रकाशित : असार ११, २०८१ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×