कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९८

बजेटमा कर्मचारीले गडबड गरे, अनुसन्धान गर्दैछौं : मुख्यमन्त्री सिंह

धनुषा — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेट बनाउने क्रममा कर्मचारीले गडबड गरेको दाबी गरेका छन् ।
जनकपुरधाममा  आयोजित ‘समाजवाद र प्रेस स्वतन्त्रता’ विषयक अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले बजेटमा कर्मचारीले खेल गरेको र त्यस विषयमा छानबिन गरिरहेको बताए ।

बजेटमा कर्मचारीले गडबड गरे, अनुसन्धान गर्दैछौं : मुख्यमन्त्री सिंह

जेठ २५ गते जनमतका सिंहको नेतृत्वमा नयाँ गठबन्धनको सरकार बनेको थियो । त्यसको ८ दिनमा मधेश सरकारले आगामी आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रूपैयाँको बजेट ल्याएको छ ।

‘सरकार बनेको ८ दिनमै बजेट ल्याएँ । बनेको बजेटमा कर्मचारीले खेल गरे । धेरै बजेट यताउता भयो । यसबारे आन्तरिक छानबिन गरिरहेका छौं,’मुख्यमन्त्री सिंहले भने, ‘बजेटमा कर्मचारीले गडबड गरेको विषयमा छानबिन गरेर त्यसको उजागर गर्ने छौं ।'

मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकार ‘मिडिया फ्रेन्डली’ भएको दाबी गरे । उनले लोककल्याणकारी विज्ञापन, पत्रकारको बीमा र खोजपत्रकारिताका लागि बजेट विनियोजन गरेको बताए ।

आर्थिक वर्षको अन्तिममा काम गर्ने प्रवृत्ति अन्त्य गर्ने पनि बताए । 'आर्थिक वर्ष सुरु भएलगत्तै काम थाल्छौं,' उनले भने ।

प्रकाशित : असार १०, २०८१ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

यातायात व्यवस्था कार्यालयहरूले ट्रायल फेल भएका १९ सयलाई किर्ते गरी लाइसेन्स वितरण गरेको सार्वजनिक भएको छ। यस्तो विकृत्ति रोक्न मुख्य रुपमा के गर्नुपर्छ ?

×