कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

बहिनीको हत्या गर्ने पक्राउ

शिव पुरी

रौतहट — रौतहटको परोहा नगरपालिकामा बहिनीको हत्या गरी फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । परोहा नगरपालिका–८ नरकटियाकी २० वर्षीया तेतरीकुमारी रामको हत्याको आरोपमा दाजु दीपेन्द्रकुमार रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयकी डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।

बहिनीको हत्या गर्ने पक्राउ

घरायसी विवादमा दाजुले बहिनीमाथि आइतबार साँझ मुंग्रोले हानेर हत्या गरेका हुन् । उनलाई प्रहरीले पक्राउ गरी सोमबार अदालतबाट म्याद थपेको हो ।

घरायसी विवादमा आवेगमा आएर दीपेन्द्रले बहिनी तेतरीमाथि बाँसको मुंग्रो प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन् । उनको टाउको चोट लागेको थियो । उपचारका क्रममा वीरगन्जमा तेतरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार १०, २०८१ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×