कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

भन्सार छलेर ल्याइएका करिब १८ लाखका सामान बरामद

पर्सा — सशस्त्र प्रहरीले आइतबार वीरगन्जका विभिन्न स्थानबाट गरी १७ लाख ८९ हजार १ सय ५५ रुपैयाँ बराबरका अवैध रुपमा भन्सार छली ल्याइएका माल बस्तु बरामद गरेको छ ।

भन्सार छलेर ल्याइएका करिब १८ लाखका सामान बरामद

वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट वरपरको इलाकाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलिले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ११ लाख ५७ हजार ७५ रुपैयाँ बराबरको किराना सामान, कस्मेटिक, कपडा, मोटरपार्टस तथा हार्डवेयरका सामानहरु बरामद गरेको छ ।

आइतबारनै वीरगंज–१ छपकैयाबाट बिओपी सिर्सियाबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको १ लाख ३२ हजार ८० रुपैयाँ बराबरको कपडा र चप्पल नियन्त्रणमा लिएको छ ।

प्रकाशित : असार २, २०८१ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?