कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

अत्यधिक गर्मीका कारण सुनसान धनगढीका सडक

अर्जुन शाह

धनगढी — तातो हावा चलिरहेकोले । सामान्यतः सवारी साधनको चाप भइरहने धनगढीका सडकहरुमा फाट्टफुट्ट मात्रामा सवारी साधन चलेका देखिन्छन् । धनगढीमा जेठ १७ गतेको तापक्रम २९ वर्षपछिकै उच्च भएको मापन भएको थियो ।

अत्यधिक गर्मीका कारण सुनसान धनगढीका सडक

त्यस दिनको तापक्रम ४४.१ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली वेसिन फिल्ड कार्यालयले जनाएको थियो । जेठ महिनाको सुरुदेखि नै धनगढीमा अत्यधिक गर्मी छ ।

दिउँसोको समयमा तातो हावा चल्ने भएकाले अत्यावश्यक कामबाहेक सर्वसाधारणहरु घरबाहिर निस्कँदैनन् । हुन पनि सन् १९९५ को जून १६ तारिखमा धनगढीको तापक्रम ४६.४ डिग्री सेल्सियस मापन भएको थियो । त्यसपछि यही वर्ष गर्मी बढेको हो ।

जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली वेसिन फिल्ड कार्यालयका अनुसार मंगलबार सवा २ बजेको मापनमा धनगढीको तापक्रम ४३.१ डिग्री सेल्सियस रहेको छ ।


प्रकाशित : असार ४, २०८१ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×