कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बाढीले ४ परिवार विस्थापित, दुई दर्जन घरपरिवार डुबानमा

विराटनगर — आइतबारदेखिको अविरल वर्षापछि नदीको सतह बढी बाढी उर्लिएर बस्ती पस्दा झापामा चार घर परिवार विस्थापित भएका छन् । दुई दर्जन घर परिवार डुबानमा परेका छन् । 

झापा गाउँपालिका ६ स्थित युवा टोलका घरहरुमा अन्दाजी ३ फिटसम्म पानी जमेर डुबान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिरिङ खोलाको बाढीबाट झापा गाउँपालिका ६ युवाटोल बस्ने दिपक आचार्यको ७ जनाको परिवार, सीता दुलालको ४ जनाको परिवार, प्रदीप सिंहको ३ जनाको परिवार, नविन बराईलीको ४ जनाको परिवार डुबानमा परेको हो । जसमध्ये ४ परिवार पूर्णरुपमा विस्थापित भई स्थानीय केदार श्रेष्ठको घरमा आश्रय लिएर बसेको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार ४, २०८१ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×