कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

संखुवासभा र भोजपुर जोड्ने अरुण नदीको फेरी बन्द

संखुवासभा — जलस्तर बढेपछि संखुवासभा र भोजपुर जोड्ने अरुण नदीमा फेरी संचालन रोकिएको छ । नदी धमिलो र पानीको सतह बढेर बाढी आएपछि अरुणमा फेरी चल्न नसकेको हो ।

संखुवासभा र भोजपुर जोड्ने अरुण नदीको फेरी बन्द

भोजपुरको षडानन्द नगरपालिकाले निर्माण सामग्री, दैनिक उपभोग्य वस्तु लैजान र यात्रुलाई आवतजावत गर्नका लागि फेरी संचालनमा ल्याएको थियो । अरुण नदीमा राखिएको फेरीले षडानन्द नगरपालिका–६ र खाँदबारी नगरपालिका–९ जोड्छ ।

यो भोजपुरको उत्तरी क्षेत्रलाई खाँदबारी हुँदै तराईसँग सिधा जोड्ने सडकखण्ड हो । फेरी बन्द हुँदा दैनिक उपभोग्य र निर्माण सामग्री बोकेर आएका मालवाहक सवारीसाधन मनकामना मन्दिर क्षेत्र र भोजपुर तर्फ सत्तिघाटमा अड्किएका छन् । लम्छुवा घाटमा मोटरेबल पुल निर्माण नभएपछि भोजपुरको उत्तरी क्षेत्रका बासिन्दाको सहजताका लागि सत्तिघाटमा ३ वर्षयता फेरी संचालनमा ल्याइएको थियो । फेरीबाट दैनिक एक सय भन्दा बढी ठूला र साना यातायात आवतजावत गर्छन् ।

षडानन्द नगरपालिकाले सूचना जारी गरेर फेरी संचालन बन्द भएको जनाएको हो । फेरीले एकै पटकमा चार वटासम्म साना सवारीसाधन तार्ने गरेको छ । संघीय र प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५/७५ लाख र षडानन्द नगरपालिकाको ५५ लाख लागतमा फेरी निर्माण गरेर संचालन गरिँदै आएको थियो ।


प्रकाशित : असार ४, २०८१ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×