कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

सत्तारुढ सांसदले नै बजेटको विरोध गरे, सरकार पूर्ण असफल : सांसद कार्की

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको दाबी गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ दलकै सांसदहरूको असन्तुष्टि रहेकाले सरकार असफल भएको बताइन् । 

सत्तारुढ सांसदले नै बजेटको विरोध गरे, सरकार पूर्ण असफल : सांसद कार्की

बजेटमा सत्तारुढ दलकै सांसदको असन्तुष्टि हुनुले नैतिकताको आधारमा मन्त्रीहरूले राजीनामा दिनुपर्ने सांसद कार्कीको भनाइ थियो । उनले परराष्ट्र मन्त्रालयको खर्च विदेशमा भ्रमण गर्न र फर्निचर किन्न मात्रै भइरहेको भन्दै त्यसलाई कटौति गरेर आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीलाई भत्ता दिनुपर्ने बताइन् ।

‘परराष्ट्र मन्त्रालयको खर्च विदेशमा घुम्नु, भ्रमण गर्नु र फर्निचर आदि किन्नुमा जाने रहेछ । यसमा कटौती गरियोस् । यसको रकम संसद् सचिवालयको कर्मचारी भत्ता नपाएर आन्दोलिन हुनुभएको छ, उहाँहरूलाई दिइयोस् भनेर प्रस्ताव राख्न चाहन्छु । रसियामा २५ जना मरिसके । परिवारले दुःख पाएका छन् । नेपाली युवा कतिजना मरेपछि मात्र कुटनीतिक पहल गरेर रसियामा गएका सैनिकलाई फिर्ता गर्न सकिन्छ ?,' सांसद कार्कीले प्रश्न गरिन्, 'रसियाले टेरेन भने परराष्ट्र मन्त्रालय कुटनीतिक पहलमा असफल भएको होइन र ? भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्रीले भेटेको जुन दृश्य देखियो त्यो दृश्य कुटनीतिक आचारसंहितामा पर्छ कि पर्दैन ?'

सांसद कार्कीले चाँडोभन्दा चाँडो कुटनीतिक पहल गरेर रसियामा बन्धक नेपाली युवालाई फिर्ता ल्याउनुपर्ने बताइन् । उनले गृहमन्त्री रवि लामिछानेलाई सुझाइन्, 'गृहमन्त्रीसँग अनुरोध, बस्तीहरूलाई राम्रो ठाउँमा ल्याउँ । के यो सरकार फेल भएको हो ? सत्तापक्ष पनि विरोधी, विपक्ष हुने भैहाल्यो । सरकार असफल भएको हो ? नैतिकताको दृष्टिले सरकारले राजीनामा दिनु पर्ने कि नपर्ने ? यो सरकार पूर्णतः फेल भइसकेको छ । राजीनामा गर्नुस् ।’

प्रकाशित : असार ४, २०८१ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×