कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न सांसदको जोड

काठमाडौँ — आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न राष्ट्रियसभा सदस्यहरुले जोड दिएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसदहरुले घरभाडा समयानुकूल बनाउनुपर्ने लगायतका ११ बुँदे मागसहित आन्दोलनरत कर्मचारीका मागबारे सरकारको ध्यानाकर्षण गराए ।

आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न सांसदको जोड

बैठकको विषेश समयमा सांसद मायाप्रसाद शर्माले कर्मचारीहरुको माग जायज रहेको उल्लेख गर्दै उनीहरुका मागमा ऐक्यबद्धता जनाए । 'कार्यालय समयपछि पनि कतिपय कर्मचारीले काम गर्नुपर्ने भएकाले उहाँहरुलाई अतिरिक्त सेवा सुविधा उपलब्ध गराउनुपर्छ', उनले भने, “कर्मचारीहरुको तलब बृद्धि हुन सकेन, तलब वृद्धि गर्न सकेमा उहाँहरुलाई थप हौसला मिल्ने छ ।'

सांसदद्वय श्रीकृष्णप्रसाद अधिकारी र नरबहादुर विस्टले कर्मचारीको माग सम्बोधन जरुरी रहेको बताए । हाल राजपत्रांकित कर्मचारीले आवास भत्तावापत तीन हजार पाँच सय रुपैयाँ प्राप्त गर्दै आएका छन् । राजपत्रअनंकित र श्रेणीविहीन कर्मचारीका लागि प्रतिमहिना तीन हजार रुपैयाँ आवास भत्ता तोकिएको छ ।

आन्दोलनरत कर्मचारीले राखेको ११ बुँदे मागको पहिलो बुँदामा घरभाडा वृद्धिको माग उल्लेख छ । संघीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली २०६५ को अनुसूची १२ मा रहेको यो व्यवस्था पुनरावलोकन हुनुपर्ने उनीहरुको माग छ ।

प्रकाशित : असार ४, २०८१ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×