कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बर्दियामा एकै दिन ब्राउन सुगरसहित तीन जना पक्राउ

बर्दिया — प्रहरीले एकैदिन ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित तीनजनालाई बेग्ला-बेग्लै ठाउँबाट पक्राउ गरेको छ ।

बर्दियामा एकै दिन ब्राउन सुगरसहित तीन जना पक्राउ

भारतको लौकाही हुँदै नेपाल प्रवेश गर्दा गुलरिया नगरपालिका–११ गणेशपुर चौकीबाट खटिएका प्रहरी र सशस्त्र प्रहरी टोलीले चेकजाँच गर्दा बाँके खजुरा गाउँपालिका–३ बागेश्वरी टोलका दुई जनालाई उक्त पदार्थ सहित पक्राउ परेका हुन्।

उक्त पदार्थसहित ३७ वर्षीय राजेश भट्टराई र सोही गाउँपालिका–५ का ३२ वर्षीय सागर कार्की पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डिएसपी तुल्सीराम अर्यालले बताए । भे ११ प ३३२० नम्बरको मोटरसाइकल चढेर आएका उनीहरुबाट ३० मिलीग्राम उक्त पदार्थ फेला परेको डिएसपी अर्यालले जनाए ।

यस्तै, भारतको बलैगाउँ हुँदै नेपाल प्रवेश गर्दै गरेका बाँके खजुरा गाउँपालिका–६ का एक युवालाई पनि प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहामा चेकजाँच गरिरहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ३५ वर्षीय शंकर सुनारलाई ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ४४ मिलिग्रामसहित पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जना माथि आवश्यक अनुसन्धान सहित कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ३, २०८१ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?