कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

देवदह नगरपालिकाको बजेट १ अर्ब ५० करोड

राजश्व संकलन महत्त्वाकांक्षी, साना योजना धेरै
घनश्याम गौतम

बुटवल — देवदह नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५० करोड १० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार उपप्रमुख विद्यालक्ष्मी गुरुङले नगरसभाको दोस्रो बैठकमा बजेट सार्वजनिक गरेकी हुन् ।

देवदह नगरपालिकाको बजेट १ अर्ब ५० करोड

नगरपालिकाले चालु आवको भन्दा १८ करोड बढी बजेट ल्याएको छ । नगरपालिकाले चालु आवका लागि गत वर्ष १ अर्ब ३२ करोडको बजेट ल्याएको थियो ।

नगरपालिकाले राजश्व संकलनमा भने महत्वाकांक्षी लक्ष्य राखेको छ । गत वर्ष १८ करोड ४१ लाख ६० हजार आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिएको नगरले असारको पहिलो हप्तासम्म १० करोड २० लाखको हाराहारीमा मात्र राजस्व संकलन गरेको छ । तर, आगामी वर्षका लागि भने २५ करोड ४६ लाख ८८ हजार ५ सय राजश्व संकलन गर्ने लक्ष्यसहितको बजेट ल्याएको हो ।

राजश्व बाँडफाँड अर्न्तगत संघीय सरकारबाट १२ करोड ९९ लाख र प्रदेश सरकारबाट ८ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा नगरपालिकाले गरेको छ । बजेटमा संघीय सरकारबाट विभिन्न शीर्षकमा ४० करोड बढी र प्रदेश सरकारबाट ४ करोड अनुदान प्राप्त गर्ने हुने अपेक्षा गरिएको छ ।

नगरपालिकाले ल्याएको बजेटमा आर्थिक विकासतर्फ २ करोड ७८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । जसमा कृषितर्फ ५६ लाख, पशु विकासतर्फ ३१ लाख ३० हजार, सहकारीतर्फ ८ लाख ४० हजार, पर्यटन, संस्कृति तथा सम्पदातर्फ ५६ लाख, उद्योग वाणिज्यतर्फ ५५ लाख, भूमि व्यवस्थातर्फ ६९ लाख तथा श्रम, रोजगार र गरिबी निवारणतर्फ २ लाख ८० हजार बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकासतर्फ ६ करोड ३३ लाख ४९ हजार ५०० रुपैयाँ छुट्याइएको छ । जसमा शिक्षातर्फ २ करोड ८५ लाख ७८ हजार ५ सय, स्वास्थ्यमा ८९ लाख ३१ हजार, खानेपानीमा १० लाख ७० हजार, महिला विकासमा १८ लाख, समावेशीकरणमा ७० लाख, युवा तथा खेलकुदमा ४९ लाख ७० हजार र बालमैत्री शासन शीर्षकमा ५ लाख विनियोजन गरिएको छ । पूर्वाधार विकासमा ७ करोड २० लाख विनियोजन गरिएको छ । विपद् व्यवस्थापनमा ८३ लाख ४० हजार, संस्थागत विकास र सुशासनमा १८ करोड ८६ लाख ७५ हजार छुट्याइएको छ ।

नगरपालिकाले धेरै साना योजना पनि अघि सारेको छ । नगरस्तरीय २ सय ५४ योजनामध्ये १० हजारदेखि एक लाखसम्मका योजना ६५ वटा छन् । २५ प्रतिशत योजना १ लाख रकमा छन् ।

प्रकाशित : असार १०, २०८१ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

‘नैतिक चरित्र’ मा गम्भीर प्रश्न उठेका निर्वाचन आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानलाई अब संसदीय सुनुवाइ समितिले के गर्नुपर्छ ?

×