कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

पाल्पाका १० स्थानीय तहमै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत 

कृषि, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र पशुपालनलाई जोड
माधव अर्याल

पाल्पा — जिल्लाका १० वटै स्थानीय तहमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । दुई नगरपालिका र आठ गाउँपालिकामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । स्थानीय तहले कृषि, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र पशुपालनलाई जोड दिएर बजेट ल्याएका हुन् ।

पाल्पाका १० स्थानीय तहमै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत 

तानसेन नगरपालिकाले १५ औं नगरसभा अन्तर्गत पहिलो बैठकमा नीति तथा कार्यक्रम नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र बजेट उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले प्रस्तुत गरेकी हुन् । सभामा उपप्रमुख सिंजालीले आगामी आर्थिक वर्षका लागि १ अर्ब ७६ करोड ७६ लाख २० हजार बराबरको आयव्यय प्रस्तुत गरेकी छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को लागि वित्तीय व्यवस्था समेत चालुखर्चतर्फ ८४ करोड ७७ लाख ७ हजार अर्थात् ४७.९६ प्रतिशत र पुँजीगत खर्चतर्फ ९१ करोड ९९ लाख १३ हजार अर्थात् ५२.४ प्रतिशत रहेको उपप्रमुख सिंजालीले बताइन् ।

रामपुर नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ का लागि ७३ करोड ८५ लाख ४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । नगर सभाको १५ औं अधिवेशनको पहिलो बैठकमा उपप्रमुख बालकुमारी थापाले आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्दै उक्त बजेट सार्वजनिक गरेककी हुन् । सोही बैठकमा नगर प्रमुख रम बहादुर थापाले नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि चालूतर्फ ५६ करोड ३१ लाख ४४ हजार र पुँजीगततर्फ १७ करोड ५३ लाख ६० हजार विनियोजन गरेको छ । यसअघि नगरप्रमुख रमणबहादुर थापाले नीति तथा कार्यक्रम पेस गरेका थिए । नगर सभामा रामपुर नगरपालिका प्रमुख थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विगतका कार्यक्रमलाई निरन्तरता दिँदै नगरले उत्पादन वृद्धिलाई प्राथमिकतामा राखेको जानकारी गराए । नीति तथा कार्यक्रममा खाद्यान्नको बीउ बिजनमा आत्मनिर्भर गराउन बीजवृद्धि कार्यक्रम सञ्चालन गर्ने, नगदे बाली रैथाने खाद्यान्न बालीको खेती विस्तर गर्दै व्यावसायीकरण गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरे ।

बगनासकाली गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ९९ लाख २ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । संघीय सरकारको ४२ करोड ६१ लाख ७ हजार, प्रदेश सरकारको २ करोड ३४ लाख ४९ हजार, आन्तरिक आय ९५ लाख र गत वर्षको बैंक मौज्दात ३ करोड ४५ लाखको बजेट पेस गरेको उपाध्यक्ष हरिप्रसाद पाठकले बताए । यसअघि गाउँपालिका अध्यक्ष सरस्वती चिदीले स्वास्थ्य, शिक्षा, पर्यटन र कृषिलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम पेस गरेकी थिइन् ।

तिनाउ गाउँपालिकाले आगामी वर्षका लागि ५२ करोड १९ हजार बराबरको आयव्यय उपाध्यक्ष लालबहादुर थापाले सभामा पेस गरेका छन् । चालुतर्फ ३६ करोड ८६ लाख ६४ हजार र पुँजीगततर्फ १५ करोड १३ लाख ५५ हजार बराबरको आयव्यय प्रस्तुत गरेका हुन् । यसअघि नै गाउपालिका अध्यक्ष प्रेम श्रेष्ठले नीत तथा कार्यक्रम पेस गर्दै उत्पादनमा वृद्धि, कृषिमा आधुनिकीकरण, आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, शिक्षा क्षेत्रको विकासमा जोड दिइने बताए ।

माथागढी गाउँपालिकामा आगामी वर्षका लागि ५८ करोड ३५ लाख ९६ हजार बराबरको आयव्यय उपाध्यक्ष विष्णुदेवी लुङ्चेले प्रस्तुत गरिन् । चालुतर्फ ३२ करोड ६७ लाख ९६ हजार र पुँजीगततर्फ २५ करोड ९८ लाख पेस गरेकी हुन । यसअघि गाउँपालिका अध्यक्ष यम चिदीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सडक, गाउँपालिका भवन, वडा जोड्ने सडक, पालिका पहुँचमार्ग, शिक्षा र पूर्वाधारमा जोड दिएका थिए ।

निस्दी गाउँपालिकाले ५९ करोड ९१ लाख ४२ हजारको बजेट उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले प्रस्तुत गरिन् । । चालुतर्फ ३५ करोड ५९ लाख ५० हजार र पुँजीगततर्फ २४ करोड ३१ लाख ९२ हजार पेस गरेकी हुन । यसअघि गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले शिक्षा र पूर्वाधारलाई प्राथमिमकता दिंदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

रम्भा गाउँपालिकाले ४५ करोड ७२ लाख ३२ हजारको आयव्यय प्रस्तुत गरेको छ । चालुतर्फ २९ करोड ७२ लाख ८ सय र पुँजीगततर्फ १६ करोड ३१ हजार २ सयको बजेट पेस गरेको उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन् । यसअघि गाउँपालिका अध्यक्ष उत्पादन र शिक्षामा जोड दिंदै विष्णु प्रसाद भणडरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

रैनादेवी गाउँपालिकाले ७३ करोड १७ लाख ९७ हजारको बजेट प्रस्तुत गरेको छ । चालुतर्फ ५० करोड ४५ लाख ९४ हजार र पुँजीगततर्फ २२ करोड ७२ लाख ३ हजार उपाध्यक्ष युवराज थापाले पेस गरे । यसअघि गाउँपालिका रुक्मांगत भट्टराईले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नीति तथा कार्यक्रममा कृषि उत्पादन, गुणस्तरीय शिक्षा, स्थानीय स्रोत साधनको प्रयोग, लसुन उत्पादनमा आत्मनिर्भर, दिगो विकास जैविक विविधतालाई प्राथमिकता दिँदै अन्तरजिल्ला जोड्ने प्रमुख सडकलाई गौरवको आयोजनामा समावेश गरेका बताइ । कृषि रोजगारी उद्यम तथा पर्यटन, शिक्षा स्वास्थ्य, सेवा प्रवाह, स्थानीय पूर्वाधार, प्राकृतिक श्रोत र वातावरणलाई विकासको प्रमुख प्रथमिकतामा राखी नीति तथा कार्यक्रम प्रस्तुत गरेको अध्यक्ष भट्टराईले बताए ।

पूर्वखोला गाउँपालिकाले ४५ करोड ४७ लाख ८७ हजार बजेट पेस गरेको छ । चालुतर्फ ३० करोड ८५ लाख ४ हजार र पुँजीगततर्फ १५ करोड २२ लाख ८३ हजार पेस गरेको उपाध्यक्ष भागिरथी भट्टराईले बताइन् । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई प्राथमिक दिएर बजेट पेस गरिएको गाउापालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए ।

रिब्दीकोट गाउँपालिकाले ५५ करोड ५९ लाख २० हजारको बजेट प्रस्तुत गरेको छ । चालुतर्फ ३४ करोड ९९ लाख २० हजार र पुँजीगततर्फ २० करोड ६० लाख उपाध्यक्ष कान्ता अधिकारीले पेस गरेकी हुन । यसअघि गाउँपालिका नारायणबहादुर कार्कीले कृषि, भौतिक पूर्वाधार, पर्यटन, शिक्षा स्वास्थ्यलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित : असार १०, २०८१ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

‘नैतिक चरित्र’ मा गम्भीर प्रश्न उठेका निर्वाचन आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानलाई अब संसदीय सुनुवाइ समितिले के गर्नुपर्छ ?

×