कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

लागूऔषध बिक्री गरेको आरोपमा फार्मेसी सञ्चालक पक्राउ

काठमाडौँ — प्रहरीले गोंगबु मित्रनगरमा रहेको कविता फार्मेसीका सञ्चालकलाई नियन्त्रित लागूऔषध ट्रामाडोल हाईड्रो कोलोराइड ६ सय ५० क्याप्सुलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा फार्मेसी सञ्चालक गोरखा पालुङटार नगरपालिका–४ घर भएकी बिनिता कुमाल छिन् ।

लागूऔषध बिक्री गरेको आरोपमा फार्मेसी सञ्चालक पक्राउ

प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले फार्मेसी खानतलासी गर्नेक्रममा उक्त परिमाणको लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै प्रहरीले कोटेश्वर बस्ने रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ का दिपेन्द्र ओलीसमेत ३ जनालाई पनि नियन्त्रित लागूऔषध ट्रामाडोल ३८ हजार ९४ क्याप्सुलसहित पक्राउ गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार २, २०८१ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?