कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

काठमाडौँ — प्रहरीले १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी घर भई काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने धर्मेन्द्र जैसवाल छन् ।

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

जैसवाललाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । जैसवालले ती महिलालाई नयाँ बानेश्वरस्थित सस्तो बजारमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत नयाँ बानेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ९, २०८१ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×