कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

काठमाडौंमा 'युथ लिडरसिप समिट'

काठमाडौँ — राष्ट्रिय युवा परिषद् र युवा गैर सरकारी संस्था महासंघ नेपालको संयुक्त आयोजनामा नेपाली युवाहरुका समस्या र समाधनमा केन्द्रीत रहेर देशभरका दुई सय जना युवाहरुको सहभागितामा 'युथ लिडरसिप समिट २०२४'  आयोजना गरिएको छ ।   

काठमाडौंमा 'युथ लिडरसिप समिट'

समिटको शनिबार उद्घाटन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले युवाहरु देशको खम्बा भएकाले आवश्यकताअनुसार परिचालित हुन पर्नेमा जोड दिए ।

नेपालमा युवाहरुको जनसंख्या विश्वका अन्य देशको तुलनामा राम्रो रहेकाले समाज परिवर्तनका लागि यो सही समय रहेको उनले बताए ।

युवाहरु स्वाधीन र संघर्षशील बन्न सक्नुपर्ने बताउँदै अहिलेका युवाहरुमा यस्ता कुरामा समस्या देखिएकाले अब सुधार गर्दै नमुना काम गर्नु पर्नेमा जोड दिए ।

प्रतिनिधिसभा सदस्य तोसिमा कार्कीले अबको समय युवाको भएकाले नीति निर्मार्णको तहमा युवाको उपस्थिति अनिवार्य रहेको बताइन् । ‘अब युवाहरुले अरु कसैको बाटो हेर्ने भन्दा पनि आफैं बाटो निर्माण गर्ने अघि बढ्ने समय हो' उनले भनिन् ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले परिषद् नेपाली युवाहरुको साझा संस्था रहेकाले युवा समृद्धीका जुन सुकै एजेण्डामा सबै सरोकावालाहरुसँग निःशर्त सहकार्य गर्न तयार रहेको जानकारी दिए ।

युवा गैर सरकारी संस्थाका केन्द्रीय अध्यक्ष नारायण गिरीले नेपालमा विगत दुई दशकदेखि युवाका हक, अधिकार र कर्तव्यका सवालमा सक्रियतापूर्वक काम गर्दै आएको राष्ट्रिय निर्देशन ऐन २०१८ अनुसार स्थापीत यस महासंघले राज्यमा युवाको भूमिका र नीतिगत व्यवस्थामा सुधारको उल्लेखनीय काम गरिहहेको गरेको जानकारी दिए ।

प्रकाशित : असार ९, २०८१ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×