कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

इद मुबारक !

तस्बिर : दीपक केसी, तस्बिर : सफलप्रकाश श्रेष्ठ

काठमाडौँ — मुस्लिम धर्माबलम्वीहरूको दोस्रो ठूलो चाड बकर इद (इद अल अधा) आज देशभर मनाइँदै छ । आज बिहानै मुस्लिम धर्माबलम्वीहरूले शुद्ध भई नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढी आपसमा मित्रवत रूपमा शुभकामना साटासाट गरेका छन् ।

काठमाडौंको जामेलगायतका विभिन्न मस्जिदहरूमा मुस्लिम धर्माबलम्वीहरुको भीड छ । उनीहरूले एक आपसमा शुभकामना साटासाट गरी बकर इद मनाइरहेका छन् । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको जनविश्वास छ । बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।


प्रकाशित : असार ३, २०८१ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्