कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

ज्या: पुन्ही मनाइयो [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — नेवा: समुदायले ज्या: पुन्ही अर्थात् ज्येष्ठ शुक्ल पूर्णिमा मनाएका छन् । यस पूर्णिमालाई नेवाः समुदायले महत्त्वपूर्ण रुपमा लिने गर्छन् । यसै दिनबाट सबैजना रोपाइँको काममा व्यस्त हुने भएकोले यस पूर्णिमालाई ज्या: पुन्ही अर्थात् रोपाइँको सुरुआत हुने पूर्णिमा (रोपाइँको पूर्णिमा) पनि भनिन्छ ।

यस दिन पाटन दरबार क्षेत्रमा तत्कालीन राजा श्रीनिवास मल्लको राजगद्दी र सिद्धिनरसिंह मल्लले कोरेका श्रीकृष्णको पौभालाई दरबारबाट बाहिर ल्याइ कृष्ण मन्दिरमा प्रदर्शनीमा राखिएको छ । प्रचलित किंवदन्तीअनुसार तत्कालीन समयमा राजा आफैं बाहिर बसेर अन्न उब्जनी गर्न गाह्रो परेकालाई ऋण तथा धानको बीउ दिने गर्दथे । ज्या पुन्हीको अवसरमा राजा सिद्धिनरसिंह मल्ल आफैंले रचना गरेको ३२ गीतसँगै विशेष राग 'मेघ मल्हार' गाउने चलन छ ।


प्रकाशित : असार ८, २०८१ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्