कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

कावा खाँदै उडान

मनोज पौडेल

अर्घाखाँची — अर्घाखाँचीको मालारानी गाउँपालिका स्थित घेरा भिरमा ३ प्रजाति गिद्ध कावा खाँदै उडिरहेका छन् । घेरा भिरको दक्षिण पहरामा संकटको नजिक रहेका हिमाली गिद्ध र हाडफोर तथा विश्वमै दुर्लभ सेतो गिद्ध उड्दाको दृष्य हेरेर सबै रोमाञ्चित बन्छन् ।

समुद्री सतहदेखि एक हजार ५ मिटर माथि उडिरहेको देख्दा आसपासका त्योभन्दा अग्लो पहाडबाट देख्दा सबै आल्हादित बन्छन् ।

मान्छेभन्दा तल उडिरहेको देख्दा सबै रमाउँछन् । भिर आसपास अहिले गिद्धले आफ्ना बचेरालाई पनि उडाउन सिकाइरहेका छन् । भिरको वरिपरि उड्ने गिद्धका बथान उडेको देख्दा सबै आनन्दित हुन्छन् । भिरका प्वाल र सम्म परेका ठाउँ (प्लेट फर्म)मा उनीहरुको बासस्थन छ । यहाँ सय बढी गिद्ध छन् ।

एउटै भिरमा तीन प्रजातिका गिद्धले गुँड लगाएर हुर्काउने विश्वकै उत्कृष्ट स्थल भएको चराविद्हरू बताउँछन् । गिद्धलाई प्रकृतिको कुचिकार मानिन्छ ।

प्रकाशित : असार ८, २०८१ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्