२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख [पूर्णपाठ]

चालु आर्थिक वर्षभन्दा २ अर्ब ३६ करोड ३८ लाख ९६ हजार बढी
अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । 

सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख [पूर्णपाठ]

आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालद्वारा प्रदेशसभामा प्रस्तुत बजेट वक्तव्यमा कुल बजेटमा पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार अर्थात् ५५.४२ प्रतिशत विनियोजन गरिएको छ भने चालुतर्फ चालु ११ अर्ब ७ करोड १९ लाख ६३ हजार अर्थात् ३५ प्रतिशत छ । आगामी वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा २ अर्ब ३६ करोड ३८ लाख ९६ हजार बढी हो । गत आर्थिक वर्षमा सरकारले २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटमा धेरैजसो चालु आर्थिक वर्षकै कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ । भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिइएको बजेटमा कृषि क्षेत्रले पनि विगत झैं प्राथमिकता पाएको छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई लक्षित गरी उद्यमशीलता प्रवर्द्धनका लागि स्टार्टअप कार्यक्रममा १० करोड रुपैयाँ विनियोजन गरिएको छ । एक जिल्ला एक उत्पादन, एक जिल्लामा एउटा नमुना विद्यालय लगायतका कार्यक्रमहरु रहेका छन् । विगतजस्तो मुख्यमन्त्री नामका कार्यक्रम भने आगामी वर्षका लागि घटाइएका छन् ।

बजेटमा कृषि यान्त्रीकरण, बाली विशेष कार्यक्रम, बीउ उत्पादनमा आत्मनिर्भर बनाउने, पशुपालन तथा मासु उत्पादन वृद्धिको योजना, दूध उत्पादन वृद्धि तथा बजारीकरण, साना सिँचाई, कैलाली र कञ्चनपुरमा भूमिगत सिँचाईका कार्यक्रमहरुका लागि बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री पालले प्रस्तुत बजेट वक्तव्यमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री अनुगमन प्रणाली स्थापना, प्रदेश निजामती कर्मचारी किताबखाना स्थापना, प्रदेश आयोजना बैंक मन्त्रालयगत रुपमै स्थापना, अटोरिक्सालाई करको दायरामा ल्याइने यातायात करमा वृद्धि लगायतका कार्यक्रम समेटिएका छन् ।

पूर्णपाठ

प्रकाशित : असार १, २०८१ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x