कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

मधेशमा बाल अधिकार संरक्षणको सवाल चुनौतीपूर्ण : मन्त्री चौधरी

धनुषा — महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले अन्य प्रदेशभन्दा मधेशमा बाल अधिकार संरक्षणको सवाल चुनौतीपूर्ण रहेको बताएकी छन् । बाल विवाह, बालबालिका बेपत्ता, डुबेर मृत्यु लगायतको समस्या समाधान गर्न चुनौती भएको मन्त्री चौधरीले बताइन् ।

मधेशमा बाल अधिकार संरक्षणको सवाल चुनौतीपूर्ण : मन्त्री चौधरी

बालअधिकार परिषद्‌ले मंगलबार जनकपुरमा आयोजना गरेको बाल संरक्षण प्रणाली सुदृढीकरणका लागि प्रदेशस्तरीय समन्वय बैठकमा मन्त्री चौधरीले बाल संरक्षण र बाल सुधारक लागि तीनै तहको नीति एक हुनु पर्ने बताइन् ।

'स्थानीय तहले बाल अधिकारका लागि निर्वाह गर्नु पर्ने भूमिका सन्तोषजनक छैन,' मन्त्री चौधरीले भने, ‘पालिकामा बाल कल्याण अधिकारी नामको मात्रै भयो । बाल कल्याण अधिकारी तोकेर अन्य काममा लगाइएको छ । बाल कल्याण अधिकारीलाई बालबालिकाको क्षेत्रमा मात्रै काम गर्ने व्यवस्था आवश्यक छ ।’

'संघीय मन्त्रालयले सातै प्रदेशका मन्त्री र सचिवलाई एकै ठाउँमा भेला गरी बालबालिकाबारे साझा कार्ययोजना बनाउने तयारी गरेको छ,' उनले भनिन् ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले स्थानीय तहको प्रथमिकतामा बालअधिकारको मुद्दा नपरेको बताए । विकास निर्माणमात्रै स्थानीय तहको प्राथमिकतामा रहेकोले बाल संरक्षणका लागि ससर्त बजेट पठाएर बाध्याकारी व्यवस्था गर्नु पर्ने उनले सुझाव दिए ।

मधेश प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र यादवले बालबालिकाको समस्या समाधान गर्न नीतिगत रुपमै सुधार हुनु पर्ने बताए । समयसांपेक्ष कानुन संशोधन गर्नु सचिव यादवले सुझाव दिए ।

प्रकाशित : असार ४, २०८१ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×